
नेपालअखबार,काठमाडौं । स्थानीय बजारमा निबुवा र कागतीको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार निबुवा र कागतीको भाउ घटेको देखाएको हो ।
सोमबार निबुवाको भाउ प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । हिजो आइतबार निबुवा प्रतिकिलो औसत ६५ रुपैयाँमा किनबेच भएको थियो । सोमबार भने किलोको ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै कागतीको भाउ पनि प्रतिकिलो ५ रुपैयाँ घटेको छ । हिजो प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको कागती आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ ।

