Friday, July 31

कैलालीमा थपिए १२ मतदान केन्द्र, मतदाता सङ्ख्या साढे ५ लाख नाघ्यो

नेपालअखबार, कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलाली जिल्लामा १२ वटा मतदान केन्द्र थपिएको छ। विसं २०७९ को निर्वाचनको तुलनामा मतदाताको सङ्ख्या बढेपछि निर्वाचन आयोगले केन्द्र थप गर्ने निर्णय गरेको हो।

Advertisement

अघिल्लो निर्वाचनमा ६२९ मतदान केन्द्र रहेकामा यस पटक १२ वटा थपिएर कुल ६४१ केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। जिल्लामा मतदानस्थल भने साविककै २३७ वटा नै कायम रहनेछन्।

Advertisement
Advertisement

कैलालीमा यस वर्ष १६ हजार ७०८ जना नयाँ मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा ५ लाख ३४ हजार ३४४ मतदाता रहेकामा यस वर्ष कुल मतदाताको सङ्ख्या ५ लाख ५१ हजार ५२ पुगेको छ। कुल मतदातामध्ये २ लाख ८० हजार २४३ महिला, २ लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य रहेका छन्। मतदाताको चाप र सुगमतालाई मध्यनजर गर्दै केन्द्रहरू थप गरिएको कार्यालयले जनाएको छ।

Advertisement

पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं ४ मा सबैभन्दा बढी १ लाख १५ हजार १४३ मतदाता रहेका छन्। यस्तै, क्षेत्र नं ५ मा १ लाख १० हजार ५३९, क्षेत्र नं ३ मा १ लाख ९ हजार १२२, क्षेत्र नं १ मा १ लाख ८ हजार ४९१ र क्षेत्र नं २ मा १ लाख ७ हजार ७५७ मतदाता रहेको निर्वाचन कार्यालयको तथ्याङ्क छ।