Sunday, July 12

सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

नेपालअखबार,काठमाडाैँ । एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।

Advertisement

शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्।

Advertisement
Advertisement

सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्।

Advertisement

उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए।

उनले समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै नाम फिर्ता लिएको बताएका हुन्।

‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन्।

उनले युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति भने आफू निरन्तर प्रतिबद्ध रहने बताएका छन्।

‘साथै आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत् व्यक्त गर्दछु,’उनले भनेका छन्।

शनिबार नै फिल्म निर्माता आसिफ शाहले पनि समानुपातिक उम्मेदवारबाट नाम फिर्ता लिएको घोषणा गरेका थिए।

यसअघि गायिका त्रिसला गुरूङले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी थिइन्।

रास्वपाको समानुपातिक सूचीमा परेका व्यक्तिका विषयमा पार्टीभित्रै विवाद र असन्तुष्टी पैदा भएको थियो।