Sunday, July 12

प्रचण्ड आज साँझ भारत जाँदै

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारत प्रस्थान गर्ने भएका छन् । नेपाली समाज भारतको आयोजनामा राजधानी नयाँ दिल्लीमा हुने नेकपा एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने नेता प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसरहरूका बारेमा विशेष सम्बोधन गर्नेछन् ।

Advertisement
Advertisement

नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।

Advertisement

प्रचण्ड भोलि साँझ मात्र स्वदेश फर्किने कार्यक्रम छ । भारत उनको अन्य राजनीतिक भेटघाटको कार्यक्रम नरहेको सचिवालयको भनाइ छ ।