Tuesday, July 14

अमेरिकाको आक्रमणमा भेनेजुएलामा ४० जनाको मृत्यु

नेपालअखबार,काठमाडाैँ । भेनेजुएलामा शनिबार भएको अमेरिकी हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ।

Advertisement

भेनेजुएलाका एक अधिकारीले शनिबारको हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको प्रारम्भिक आकलन रहेको भनेर बताएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ।

Advertisement
Advertisement

मारिनेहरू नागरिक र भेनेजुएली सेना रहेको पनि ती अधिकारीले बताएका छन्।

Advertisement

अरू क्षतिबारे विवरण सार्वजनिक भएको छैन।

अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी कराकस सहित चार ठाउँमा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएको छ।

सैन्य कारबाहीमा १५० भन्दा बढी लडाकू विमान प्रयोग गरिएको अमेरिकी सेनाले जनाएको छ।

अमेरिकी सेनाले खासगरी प्रमुख सैन्य संरचनाहरू नजिक शक्तिशाली विस्फोट गराएका थिए। काराकासको आकाशमा सैन्य विमानहरू उडिरहेको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

अमेरिकी सेनाका जनरल ड्यान केनले यसबारे पत्रकारहरूलाई जानकारी दिँदै  लक्षित क्षेत्रमा प्रवेश गर्ने क्रममा सेनाको हेलिकप्टरमाथि गोली प्रहार भएको बताएका थिए।

‘त्यसको जवाफमा हाम्रो पक्षबाट अत्यधिक शक्तिसहित प्रतिकार गरियो,’ उनले भनेका छन्।

उनका अनुसार, एक अमेरिकी विमानमा क्षति पुगे पनि त्यो अझै उड्न सक्ने अवस्थामा छ। अपरेसनमा केही अमेरिकी सेना पनि घाइते भएको पश्चिमा मिडियाहरूले जनाएका छन्।

अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठक बस्दैछ।

बैठक सोमबार बस्ने तय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ