Saturday, July 11

मधेशमा सद्भाव कायम राख्न अपील

नेपालअखबार, काठमाडौँ । तराई मधेशमा धार्मिक सहिष्णुता कायम गरि समाजमा शान्ति अमनचयन स्थापना गर्न पनि गृहमन्त्रालयमा माननीय गृहमन्त्री ओमप्रकाश अर्याल सहित ,मानव अधिकार आयोग, मुस्लिम आयोग, मधेशी आयोग, थारू आयोग समेतको टिम, गृह सचिव एवं सुरक्षा निकायका प्रमुखहरु बिच व्यापक छलफल भई महत्त्वपूर्ण निर्णयहरू भएको मुस्लिम आयोगका कार्ववाहक अध्यक्ष महमदिन अलिले जान्कारी दिनु भयो ।

Advertisement

मधेशका विभिन्न जिल्लामा धार्मिक सप्रदायबीच आपसी सद्भाव कायम गर्न विभिन्न आयोगले आग्रह गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै धार्मिक सम्प्रदायबीच सद्भाव र मैत्री कायम गर्न भनेका हुन् ।

Advertisement
Advertisement

‘नेपाली समाज सदियौंदेखि आपसी सद्भाव, सहिष्णुता र एक अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म एवं सम्प्रदाय एक आपसमा मिलेर बसेको समाज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही समययता तराई मधेशका केही स्थानहरुमा धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप देखिएकोले सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न सम्बद्ध सबैमा संयुक्तरुपमा हार्दिक अपील गर्दछौं।’May be an image of textMay be an image of one or more people, people studying and text

Advertisement

May be an image of dais