Friday, January 9

लोक सेवा आयोगद्वारा उपसचिवको परीक्षा स्थगित

नेपालअखबार, काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै उपसचिव (अप्राविधिक) को परीक्षा स्थगित गरेको हो ।

माघ १० गतेदेखि माघ २८ गतेसम्म उपसचिवको परीक्षा हुने भनिएको थियो । आयोगका अनुसार स्थगित भएको परीक्षा कार्यक्रम १५ दिनको सूचना दिई पछि प्रकाशन गरिनेछ ।

Advertisement

गत पुस १७ गते निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लोक सेवाद्वारा सञ्चालन हुने परीक्षा स्थगितका लागि आग्रह गरेको थियो ।

सोही अनुसार आयोगले परीक्षा कार्यक्रम स्थगित गरेको हो ।