काठमाडौं । नेपाली कांग्रेसका ५ जिल्लाका सभापति ४७ जिल्ला सभापतिहरूले भेला, समारोहमा नअल्मलिएर संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
मुलुकमा विकसित राजनीतिक घटना, आसन्न प्रतिनिधिसभा निर्वाचन, सुरक्षा संवेदनशीलताजस्ता गम्भीर राजनीतिक परिस्थितिमा राजनीतिक निकासका लागि एकतावद्ध भएर कांग्रेसले मुलुकमा देखिएका चुनौती सामना गर्नु अहिलेको आवश्यकता रहेको जिल्ला सभापतिहरूको भनाइ छ ।
‘यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलिकन संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रीय रुपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५औं नियमित महाधिवेशन कार्यतालिका (२८–३१ वैशाख) निर्णय भई नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको अवस्थामा रहेको उनीहरूको दाबी छ ।
‘विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था भएको र विशेष महाधिवेशनको उपर्युक्त वातावरणसमेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवादमार्फत् पार्टी विभाजनबाट वचाउन केन्द्रित हुन आवश्यक छ,’ सभापतिहरूले भनेका छन् ।
यी हुन् विशेषको विपक्षमा खुलेका प्रदेश र जिल्ला सभापतिहरू