
नेपालअखबार,क्वालालम्पुर । मलेसिया र इन्डोनेसियाले यौनजन्य डीपफेक सामग्री बनाउन सक्ने भन्दै अमेरिकी खर्बपति व्यापारी एलन मस्कको एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएका छन् । ग्रोक मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रयोग हुने एउटा टूल हो ।
वास्तविक मान्छेको अनुमति नै नलिईकन उनीहरूको आपत्तिजनक तस्बिर बनाउन यसको दुरुपयोग गरिएको पाइएको छ । महिला र बालबालिकाको सुरक्षा जोखिममा परेको भन्दै प्रतिबन्ध लगाइएको दुवै देशका सञ्चार मन्त्रालयहरूले जनाएका छन् ।
प्रभावकारी सुरक्षा उपाय नअपनाएसम्म ग्रोकमाथि रोक कायम रहने बताइएको छ । कुनै एआई टूलमाथि यसरी प्रतिबन्ध लगाइएको यो विश्वमै पहिलो पटक हो ।
हालैका दिनमा ग्रोक र यसलाई बनाउने कम्पनी एक्सआईले भारत, बेलायत लगायत देशमा यौनजन्य डिपफेक कन्टेन्टको मामिाला दबाबको सामना गर्नु परिरहेको छ ।

