Friday, July 24

सभापति गगन थापाले निर्वाचन आयोगलाई बुझाए नयाँ कार्यसमितिको अद्यावधिक विवरण

नेपालअखबार,काठमाडाैँ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका छन्।

Advertisement

सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई भेटेर अद्यावधिक विवरण हस्तान्तरण गरेका हुन्।

Advertisement
Advertisement

ललितपुरको कुपन्डोलमा पहिलो केन्द्रीय समितिको बैठक बसेपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग गएका थिए।

Advertisement

पार्टीको आधिकारिक निर्णय र पत्रहरूमा शेरबहादुर देउवाको नाम हटाएर सभापति गगन थापाको हस्ताक्षर राख्ने निर्णय पहिलो केन्द्रीय समिति बैठकबाट भएको छ। उक्त निर्णयको जानकारी पनि निर्वाचन आयोगलाई दिइनेछ।

पहिलो केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता तोकेको छ। प्रवक्ता चालिसेले बैठकको निर्णय सुनाउँदै आवश्यक विवरण अध्यावधिक गराउने तयारी भएको बताएका हुन्।

उनले शेरबहादुर देउवाको ठाउँमा गगन थापाको हस्ताक्षर राखिने बताए।

‘पार्टीको दोस्रो विशेष महाधिवेशन पछि निर्वाचन आयोगमा हिजोका अभिलेखलाई आवधिक गर्न जेजति निर्णय घटनाक्रम भएका छन्। त्यसलाई अपडेट गर्दै लाने हाम्रो निर्णय भएको छ,’ उनले भने, ‘उम्मेदवारहरूका लागि हस्ताक्षर परिवर्तन गर्ने, समानुपातिक सूचीमा संशोधन गर्ने, दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता गर्ने लगायत निर्वाचन आयोगमा बाँकी कानुनी दायित्व पूरा गर्ने निर्णय भएको छ।’ शुक्रबार पनि केन्द्रीय समिति बैठक बस्ने उनले बताए।