Saturday, August 29

एमालेले ४ माघदेखि चुनावी अभियान थाल्ने

नेपालअखबार, काठमाडौं । नेकपा एमालेले आगामी ४ माघदेखि चुनावी अभियान थाल्ने निर्णय गरेको छ ।

Advertisement

बागमती प्रदेश कमिटीले प्रज्ञा भवनमा गर्ने कार्यक्रमबाट एमालेले चुनावी अभियान थाल्ने भएको हो । ‘भृकृटीमण्डपबाट शुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले भनिन्, ‘सभाबाट बागमती प्रदेश कमिटी अन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा हुनेछ ।’अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको उद्घाटन गर्ने भएका छन् । एमालेले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ ।

Advertisement
Advertisement

Advertisement