Sunday, April 19

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।  राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो सवा १२ बजे बस्दैछ ।

सिंहदरबारस्थित समितिको बैठक कक्षमै बस्ने बैठकमा पर्यटन विधेयकमा दफाबार छलफल गर्ने कार्यसूची छ ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ ।

Advertisement