Monday, July 13

एसएसपीमा बढुवा भएका १० जनाको पदस्थापन

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका १० जनाको पदस्थापन भएको छ।

Advertisement

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार १० जना एसएसपीको पदस्थापन गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

शुक्रबार नै प्रहरी प्रधान कार्यालयमा आइजिपी दानबहादुर कार्कीले १० उच्च अधिकृतलाई दर्ज्यान्ही चिह्न प्रदान गरेका थिए।

Advertisement

एसएसपी रामप्रकाश शाहलाई कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा पदस्थापन गरिएको छ।

भुवनेश्वर तिवारीको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, ऋषिराम कँडेलको सिआइबी आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, सुरेशप्रसाद काफ्लेको विशेष ब्युरो नक्साल, श्याम सिं चौधरीको प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा र नकसल पोखरेलको प्रधान कार्यालय अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरूवा भएको हो।

दिलिप घिमिरेको मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा, पदमबहादुर विष्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, योगेन्द्र सिंह थापा कोशी प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा र सुवास चन्द्र बोहराको प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरूवा भएको छ।misc2-1768673384.jpg