Thursday, August 20

मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग : खड्का

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवाको नाममा सर्वोच्च अदालतमा दायर रिटमा तीन वटा माग राखेको देखिएको छ।

Advertisement

आइतबार बिहान निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरूले सर्वोच्च पुगेर रिट दायर गराएका थिए।

Advertisement
Advertisement

कांग्रेस नेताहरूले आजै सुनुवाइको माग राखेका थिए। तर कानुन अनुसार नमिल्ने सर्वोच्च प्रशासनको भनाइ थियो। रिटको पेसी मंगलबारका लागि तोकिएको छ।

Advertisement

रिटमा देउवापक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन्।

त्यस्तै फागुन २१ गते हुने निर्वाचनको लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ। मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरेका छन्।

यदी मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ।