Wednesday, July 29

निर्वाचन आयोगले मनोनयन दर्ताको लागि समय केही दिन थप गर्ने तयारी

नेपालअखबार,काठमाडौं ।  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयनको समयवाधि बढाउने तयारी गरको छ।

Advertisement

दलहरूको आग्रहमा मनोनयन दर्ताको समय केही दिन थप्ने तयारी भइरहेको आयोग स्रोतले बतायो।

Advertisement
Advertisement

‘निर्वाचनको कार्यतालिका पर सर्दैन, तर मनोनयन दर्ताको समय केही दिन थप हुनसक्छ,’ आयोग स्रोतले भन्यो, ‘आधिकारिक निर्णय गर्न बाँकी छ।’

Advertisement

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते दलहरूले प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्नेछ। तर आयोगले कम्तिमा दुई दिन अवधि थप्ने तयारी गरेको हो। स्रोतका अनुसार सम्भवत: माघ ८ गतेसम्म मनोनयन दर्ताको समय थप हुनेछ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोगमा पुगेर मनोनयन दर्ताको समय सारिदिन आग्रह गरेको छ। देउवा पक्षले सर्वोच्च अदालतमा दिएको रिटमा पनि मनोनयन दर्ता सार्न आदेश माग गरेको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा आज सर्वोच्च अदालतमा रिट दिएका देउवा पक्ष उक्त रिट समावेश गरी निर्वाचन कार्यक्रम स्थगन गर्न माग गर्न निर्वाचन आयोग पुगेका हुन्।