Thursday, January 29

आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने

नेपालअखबार, काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय तामाङले रास्वपाकै समानुपातिक टिकट वितरणलाई लिएर सामाजिक सञ्जालमै असन्तुष्ट व्यक्त गरेकी थिइन् ।जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी उनलाई अन्तत: रास्वपाले नै उम्मेदवार बनाएको छ ।

Advertisement