
मुस्ताक आलम सुनसरी, लौकही। तत्कालीन १ नम्बर प्रदेश सभा निर्वाचन २०७४ सालमा बाम गठबन्धनबाट जगदिश कुसियैत निर्वाचित भएको थियो। निर्वाचित भएपछि उनी प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री पनि भए । कुसियैत मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पुयाएको विकासका कारण भोट दिने सो क्षेत्रका मतदाताहरु बताउँछन् । मन्त्री पदको जिम्मेवारीमा हुदा आफ्नो क्षेत्रमा मात्र नभई सिंगो सुनसरी जिल्लामा बिकासको फेरिस्त यस्तो रहेको छ। साबिकको सुनसरी क्षेत्र नं ५ मा स्वर्गीय गिरिजाप्रसाद कोइराला यस क्षेत्रबाट कयौंपटक निर्वाचित भइ मुलुकको प्रधानमन्त्री सम्म भए तर यो क्षेत्र बिकासको नाममा जहिले पछाडि परेको अवस्था रहेको त्यसैगरी उपेन्द्र यादव समेत दुई पटक जितेर जनतालाई ठग्ने बाहेक बिकासको नाम केही गरेको छैन । २०७४ सालमा ४ नं निर्वाचन क्षेत्रबाट ज्ञानेन्द्र कार्कीलाई पनि यस क्षेत्रको जनताले दुई पटक निर्वाचित गराएर पठाए तर झुठो आश्वासन बाहेक जनताको समस्य जस्ताकै त्यस्तै रह्यो ।
यदि सुनसरी क्षेत्र नं ४ मा कुनै नेताले बिकासको काम गरेको छ भने त्यो हो जगदीश कुसियैत, सेरधन राई नेतृत्वको प्रदेश सरकारमा कुसियैत झण्डै चार वर्षको कार्यकालमा मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा विकासको थुप्रै विकास निर्माणका कामहरू गरेको उनका मतदाताहरुको भनाइ छ । मन्त्री कुशियत तत्कालीन बाम गठबन्धन अर्थात नेकपाबाट सुनसरी क्षेत्र नम्बर ४ ख बाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएलगत्तै आफ्नो निर्वाचन क्षेत्रमा पुगी आवश्यक कामहरुका बारेमा सो क्षेत्रका जनतासंग सल्लाह सुझाव लिएर आवश्यक योजनाहरु पहिचान गरी आफ्नो कार्यकाल सुरु गरेको थिए ।
मन्त्री कुशियतलाइ प्रदेश सरकारले चारवटा मन्त्रालयको जिम्मेवारी दिएका थिए । त्यसअनुरुप विकासका ठूलाठूला प्याकेज आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको सो क्षेत्रका स्थानीय मतदाताहरु भनाइ छ । कुसियैतकै पालामा देशकै नमुना तथा पहिलो रिफ्रेसमेन्ट सुनसरीको कोशी कटान क्षेत्रमा निर्माण गरेका थिए, कटान देखि भारतको बिरपुर बोडर सम्म ६ किलोमीटर कालोपत्र सडक उहाँकै कार्यकालमा भएका थिए । यो त एउटा प्रतिनिधिमुलक काम मात्र कुसियैतले आफ्नो निर्वाचन क्षेत्रको ३२ वटा वडामा सिचाइ , पुर्वाधार बिकास , मठ मन्दिर, मदरसा घेराबेरा, कबृस्थान घेराबेरा जस्ता लाखौं योजनाहरु उहाँकै पालामा निर्माण भएको स्वयम सो क्षेत्रको मतदाताहरु बताउनु हुन्छ । कुसियैतले आफ्नो क्षेत्रको पहिचानलाई देशव्यापी बनाउनका लागि नेपालमै पहिलो रिफ्रेसमेन्ट सेन्टरको स्थापना गर्दै सुनसरीको कोसी गाउँपालिका ६ र ७ को सिमाना पर्ने कटान क्षेत्रका वासिन्दाको आर्थिक स्तर उकास्नसमेत ठूलो भूमिका निर्वाह गरेका छन् र उक्त रिफ्रेसमेन्ट सेन्टरक थप स्तर उन्नति पूर्वाधार निर्माणाधीन अवस्थामा रहेका छन् । जहाँ अन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि सुविधासम्पन्न पार्कसमेत निर्माण गरिदैछ । त्यसकारण बाहिरी जिल्लाबाट आएका आगन्तुक उम्मेदवारलाई बहिष्कार गरौं किन कि जुन उम्मेदवार अहिले केही ठेकेदारहरुको आडमा आएर पाँच वर्षको लागि हाम्रो अधिकार हाम्रो बिकास , पहिचानलाई नबेचाउ जुन मान्छेलाई आफ्नो गृह जिल्ला भोजपुरका मतदाताहरुले लखेटेर भगाएका छन त्यो मान्छेलाई हामी कसरी स्विकार्नु । त्यसकारण स्थानीय उम्मेदवार जागदिस कुसियैतलाई भोट।

