Thursday, July 30

सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर भएको भन्दै प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

Advertisement

आज एक सूचना जारी गर्दै कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन आग्रह गरेको हो । उनीहरूको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार,११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।

Advertisement

प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिन भित्र आफू गैरहाजिर हुनुको कार खुलाएर सन्तोषजनक स्पष्टीकरण जबाफसहित उपस्थित नभए नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी  दिइएको छ।

222