Friday, July 3

हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको जेल सजाय

नेपालअखबार,हङकङ । हङकङका चर्चित सञ्चार उद्यमी तथा बेइजिङका कडा आलोचक ७८ वर्षीय जिम्मी लाइलाई सोमबार २० वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२० मा बेइजिङले हङकङमा लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत लाइलाई यो कठोर सजाय दिइएको हो।

Advertisement

हङकङमा खुम्चिँदै गएको स्वतन्त्रताको पक्षमा र चिनियाँ सरकारको विरुद्धमा आवाज उठाउँदै आएका अर्बपति लाइलाई गत डिसेम्बरमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित दुईवटा मुद्दा र एउटा राजद्रोहको मुद्दामा दोषी ठहर गरिएको थियो। अहिले बन्द भइसकेको लोकतन्त्र पक्षधर पत्रिका एप्पल डेलीका संस्थापक लाइ लामो समयदेखि बेइजिङका लागि टाउको दुखाइको विषय बनेका थिए।

Advertisement
Advertisement

उनले हङकङको अवस्थाबारे अमेरिकी उच्च अधिकारीहरूसँग पनि संवाद गर्ने गरेका थिए। बेइजिङ र हङकङ सरकारले लाइको अभियोग र जेल सजायलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन्।

Advertisement

यो मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्ने आरोपलाई उनीहरूले खारेज गर्दै आएका छन्। झण्डै चार वर्ष लामो कानुनी लडाइँपछि लाइलाई सुनाइएको  छ।