Friday, July 17

जनमत संग्रह ‘धोका र नाटकको चुनाव’ : शेख हसिना

नेपालअखबार,काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा सम्पन्न जनमत संग्रहलाई ‘धोका र नाटकको चुनाव’ भनेकी छन् ।

Advertisement

उनको पार्टी अवामी लिगले सामाजिक सञ्जालमा बयान जारी गर्दै शुक्रबार सम्पन्न आमनिर्वाचनलाई ‘धोका र नाटकको चुनाव’ को संज्ञा दिएको हो ।

Advertisement
Advertisement

जारी बयानअनुसार हसिनाले निर्वाचनबारे मतदान केन्द्रहरूमा मतदाता नभएका र मतगणना (काउन्टिङ) टेबलमा मतहरू देखिएको बताएकी छन् ।

Advertisement

‘१२ फेब्रुअरीमा देशले पहिले नै तय भएको धोका र नाटक रचिएको चुनाव देख्यो’, हसिनाले भनेकी छन्, ‘यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा एक लज्जास्पद अध्यायको रूपमा दर्ज हुनेछ ।’

उनले चुनावी आंकडमाथि सवाल उठाउँदै गम्भीर अनियमितताको आरोप पनि लगाएको बीबीसीले जनाएको छ । उनले मत परिणामका आंकडाहरू एकदमै असम्भव र विरोधाभाषी लागेको पनि जिकिर गरेकी छन् ।

‘मतदानको गति सामान्यतया बिहान ११ बजेभन्दा अघि तीब्र हुन्छ । तर, पनि त्यस दौरान केवल १४.९६ प्रतिशत मतदान दर्ज भयो । र मध्याह्न यो आँकडा अचानक बढेर ३२.८८ प्रतिशत पुर्‍याइयो । एकै घण्टामा यो उछाल असामान्य हो,’ हसिनाले भनेकी छन् ।

निर्वाच्न आयोगले दाबी गरेको खसेको कुल मतको तथ्यांक र मतदान केन्द्रमा देखिएको दृष्यसँग मेल नखाने उनको दाबी छ । ‘रित्ता मतदान केन्द्र, निष्क्रिय बुथ र मतदाताको अनुपस्थिति देखियो,’ पूर्वप्रधानमन्त्री हसिनाले भनेकी छन् ।

पूर्वप्रधानमन्त्री हसिनाले जनमत संग्रहको प्रक्रिया र ढिलो गरी मत परिणाम सार्वजनिक गरिएको प्रति पनि प्रश्न उठाएकी छन् ।