Thursday, July 16

कास्कीमा ५६ अति संवेदनशील ५४ संवेदनशील मतदानस्थल

नेपालअखबार,कास्की । कास्की जिल्लामा आसन्न निर्वाचनमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल रहेका छन्।

Advertisement

तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १५३ मतदानस्थल मध्ये ४३ वटा सामान्य रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।

Advertisement
Advertisement

निर्वाचन क्षेत्र अन्तर्गत कास्की क्षेत्र नं १ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः १९, २८ र १४ वटा मतदानस्थल छन् भने क्षेत्र नं २ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः सात, आठ र १८ मतदानस्थल छन्।

Advertisement

त्यस्तै क्षेत्र नं ३ मा अतिसंवेदनशील, संवेदशील र सामान्य गरी क्रमशः क्रमशः ३०, १८ र ११ मतदानस्थल रहेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी लम्सालका अनुसार मतदानस्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्थालगायत विषयमा जानकारी लिन स्थलगत रूपमा अनुगमन भइरहेको छ।

तीनवटै क्षेत्रमा गरी कूल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकामा कूल मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना रहेको छ।