Thursday, July 16

जंगलमा गोठालो जाँदा भीरबाट खसेको ढुंगाले लागेर मृत्यु

नेपालअखबार, जाजरकोट ।  जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ।

Advertisement

बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

Advertisement
Advertisement

स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पुर्‍याए पनि ज्यान बचाउन नसकिएको बताए।

Advertisement