Friday, July 3

अमेरिकामा श्रीमती र छोरीको हत्या गरेलगत्तै नेपाली पुरूषलाई प्रहरीले हान्यो गोली, घटनास्थलमै मृत्यु

नेपालअखबार, काठमाडौं । अमेरिकाको भर्जिनियामा एक नेपालीले आफ्नै परिवारका तीन सदस्यमाथि धारिलो हतियार प्रहार गरेका छन्।

Advertisement

भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक व्यक्तिले आफ्नै श्रीमती, छोरी र ज्वाइँमाथि धारिलो हतियार प्रहार गरेका हुन्।

Advertisement
Advertisement

हतियार प्रहारबाट गम्भीर घाइते भएका श्रीमती र छोरीको उपचार क्रममा मृत्यु भएको फेयरफ्याक्स काउन्टी प्रहरी प्रमुख केभिन डेभिसले पत्रकार सम्मेलनमा बताएका छन्।

Advertisement

अमेरिकी अनलाइन एनबिसवासिङ्टन डटकमका अनुसार सोमबार बिहान म्यान्टुआ क्षेत्रमा पर्ने मार्गेट म्यानर अपार्टमेन्टमा सो घटना भएको हो।

त्यतिबेला आरोपीका ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका थिए। घरबाट चित्कार सुनेपछि उनी काम छोडेर घरभित्र गएका थिए।

त्यहाँ उनले आफ्नो श्रीमती भुइँमा रक्ताम्य अवस्थामा ढलेको र ससुराले सासुमाथि धारिलो हतियार प्रहार गरिरहेको भयावह दृश्य देखेको प्रहरी प्रमुख  डेभिसले पत्रकार सम्मेलनमा बताएका छन्।

ससुराले उनीमाथि पनि हमला गरेका थिए। घटनाबारे नजिकैको छिमेकीले ९११ मा  खबर गरेपछि केही बेरमै प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी घटनास्थल पुग्दा आक्रमणकारी धारिलो हतियार लिएर बसेका थिए।

लगातार हतियार भुइँमा राख्न चेतावनी दिए पनि नमानेपछि प्रहरीले गोली चलाउनुपरेको प्रहरी प्रमुख  डेभिसले पत्रकार सम्मेलनमा बताएका छन्।

प्रहरीको गोली लागेर आक्रमणकारीको मृत्यु भएको थियो।

प्रहरीले उनीहरूको परिचय खुलाएको छैन।

घाइते तीनै जनालाई अस्पताल लगिएकोमा दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक पुरूषको अवस्था गम्भीर छ। घरमा एक वर्षका शिशुलाई भने कुनै चोटपटक नलागेको र उनलाई अहिले बाल संरक्षण सेवाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।

एक वर्षका शिशुलाई भने कुनै चोट नलागेको र हाल बाल संरक्षण सेवाको संरक्षणमा राखिएको छ। परिवारका आफन्तसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

न्यूयोर्कबाट नेपाली आप्रवासी सम्बन्धी समाचार प्रकाशन गर्ने अनलाइन नेप्योर्क डटकमले आक्रमणकारी र पीडितहरूको नाम सार्वजनिक गरेको छ।

नेप्योर्कका अनुसार धारिलो हतियार प्रहार गर्ने व्यक्ति ५० वर्षीय छत्रबहादुर थापा हुन्।

घटनामा उनकी श्रीमती ५१ वर्षीया बिन्दा थापा, छोरी ३१ वर्षीया ममता थापाको मृत्यु भएको छ।  ज्वाइँ  ३५ वर्षीय सन्तोषकुमार बस्नेत गम्भीर घाइते छन्।

उनी नेपालको कहाँका हुन् भन्ने चाहिँ सार्वजनिक भइसकेको छैन।