Monday, May 11

भारतमा मात्रै एकै दिन ३५ हजार संक्रमित

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमणदर झन् तीब्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४१ हजार दुई सय ६५ जनामा संक्रमण देखिनुले त्यसको पुष्टि गर्छ।
गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। अमेरिकापछि ब्राजिल र भारतमा धेरै संक्रमित देखिएका छन्।
गएको २४ घण्टामा ब्राजिलमा ४३ हजार आठ सय २३ र भारतमा ३५ हजार चार सय ६८ जनामा संक्रमण देखिएको छ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ। वल्र्डओमिटरको शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १० लाख पाँच हजार ६ सय ३७ पुगेको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या २५ हजार ६ सय नौ पुगेको छ।
गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार ६ सय ३९ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वभर संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ९१ हजार आठ सय ६० पुगेको छ।
गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९९ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।
त्यसैगरी अमेरिकामा आठ सय ८५, भारतमा ६ सय ८०, मेक्सिकोमा पाँच सय ७९ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करो ३९ लाख ३० हजार एक सय ५० पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *