Thursday, July 23

काठमाडौँको थानकोट त्रिभुवन पार्कमा पत्रकारमाथि दुर्व्यवहार, रिपोर्टिङमा अवरोध

नेपालअखबार, काठमाडौं ।आज चन्द्रागिरीस्थित थानकोटमा रहेको त्रिभुवन पार्कमा समष्टि नेपाल मिडियाका फोटो पत्रकारमाथि दुर्व्यवहार भएको छ। फोटो पत्रकार उत्तम तामाङमाथि पार्कका टिकट चेकरले अभद्र व्यवहार गरेको हो।

Advertisement

नयाँ वर्षको अवसरमा पिकनिक मनाउन आएका सर्वसाधारणहरूले त्रिभुवन पार्कले साना बालबालिका तथा जेष्ठ नागरिकहरूलाई समेत टिकटमा छुट नदिएको गुनासो गरेपछि सो विषयमा रिपोर्टिङ गर्न पत्रकार तामाङ पार्क पुगेका थिए।

Advertisement
Advertisement

रिपोर्टिङका क्रममा पार्कभित्र प्रवेश गर्न खोज्दा टिकट चेकरले टिकट अनिवार्य भएको भन्दै उनलाई अवरोध गरेको हो। पत्रकार तामाङले आफू पत्रकार भएको र रिपोर्टिङका लागि आएको स्पष्ट पार्दै आफ्नो परिचयपत्र (आईडी कार्ड) देखाउनुका साथै हातमा बुम बोकेको अवस्थामै भए पनि टिकट चेकरले सो कुरा बेवास्ता गर्दै अभद्र व्यवहार गरेको तामाङले बताए ।
पत्रकारले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न खोज्दा यस्तो व्यवहार हुनु प्रेस स्वतन्त्रतामाथि नै प्रश्न उठाउने विषय भएको सरोकारवालाहरूले बताएका छन्।
घटनाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पत्रकारमाथि भएको व्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।

Advertisement