
नेपालअखबार,काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । साथै समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान–प्रदान गर्ने तालिका छ ।
राज्यव्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

