Thursday, July 9

काठमाडौंमा पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने तीन जना पक्राउ

नेपालअखबार,काठमाडौं । काठमाडौंमा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

Advertisement

वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट  प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार पक्राउ पर्नेमा विकेश राजवाहक र अरूण भुजेल छन्। उनीहरूबाट प्रहरीले एउटा पेस्तोल समेत बरामद गरेको छ।

Advertisement

अर्का एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति ललितपुरका हरिकृष्ण महर्जन हुन्।

उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा समेत बाहिरिएको थियो। जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ। एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको भिडिओमा देखिएको छ।

ती महिला कर्मचारीले पनि त्यस घटनामा प्रतिरोध गरेपछि उनीहरू भागेका थिए। एसपी भट्टराईका अनुसार उनीहरूले त्यस दिन लुट्न सकेका थिएनन्।

तर नजिकै एक पसलमा चोरी भएको घटनासँग पनि सम्बन्धित हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।