Thursday, July 9

गोकुल बास्कोटाको सुझाव– प्रदेश, जिसस र प्रतिनिधि सभाको समानुपातिक खारेज

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका गोकुलप्रसाद बास्कोटाले संविधान संशोधन गर्ने भए प्रदेश संरचना र जिल्ला समन्वय समिति (जिसस) खारेज गर्न सुझाव दिएका छन् ।

Advertisement

साथै राष्ट्रिय सभा पूरै समावेशी बनाउन र प्रतिनिधिसभाबाट समानुपातिक हटाउन पनि उनले सुझाव दिएका छन् ।

Advertisement
Advertisement

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन उपयुक्त हुने उनको राय छ ।

Advertisement

पूर्वमन्त्री समेत रहेका बास्कोटाले आज सामाजिक सन्जाल फेसबुकमार्फत् सो सुझाव दिएका हुन् ।

सरकारको नेतृत्वकर्ता दल रास्वपाले पहिले संघीयता खारेज हुनुपर्ने भनेको स्मरण गर्दै उनले प्रश्न गरेका छन्– ‘अब संविधान संशोधन गर्ने कि नाई ?’

‘गर्ने हो भने केन्द्र र पालिका होस्,’ उनले भनेका छन् ।

राष्ट्रिय सभा १०५ सिट बनाउन र महिला र पुरुष ५०–५० प्रतिशत प्रतिनिधित्व गराउन उनले सुझाव दिएका छन् ।

संविधान संशोधनमा सुझाव दिँदै बास्कोटाले थप लेखेका छन्, ‘राष्ट्रिय सभा १०५ सिट, पुरै समाबेसी महिला पुरुष ५०–५० प्रतिशत उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस् ।’

‘प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष । जिसस पर्दैन,’ उनको धारणा छ ।