
नेपालअखबार, जनकपुरधाम । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेको छ ।
सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् । उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् ।
कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गत वैशाख २२ गते जनमतले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

