Monday, July 13

प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी सिफारिस

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभा सचिव पदमा प्रकाश अधिकारी सिफारिस भएका छन्।

Advertisement

सभामुख डोलप्रसाद अर्यालले आज अधिकारीलाई प्रतिनिधि सभा सचिव सिफारिस गरेका हुन्।

Advertisement
Advertisement

सभामुखको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा सचिव नियुक्त गर्ने व्यवस्था छ।

Advertisement

प्रतिनिधि सभा सचिवमा सिफारिस भएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ का हुन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर पनि गरेका छन्।

उनीसँग निजामती सेवामा २४ वर्ष काम गरेको अनुभव छ। उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारीसमेत हुन्। यसअघि प्रतिनिधि सभा सचिवबाट हर्कराज राईलाई हटाइएको थियो।