Friday, October 2

दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाले आज दुई वटा विधेयक पारित गर्दैछ ।

Advertisement

प्रधानमन्त्री एवम् गृहमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार

Advertisement
Advertisement

छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसपछि आज नै यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

Advertisement

यसैगरी, प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३’ पनि आजै पारित गर्ने कार्यसूची छ ।राष्ट्रिय सभाको बैठक बिहान सवा ११ बजे बस्दैछ । जहाँ आकस्म्कि समय, शून्य समय र विशेष समय समेत रहनेछ ।