Thursday, July 30

आज एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन-चाँदीको भाउ बढेको छ।

Advertisement

शुक्रबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेको हो।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

भाउ बढेसँगै यसको मूल्य ३ लाख ११ हजार १०० पुगेको छ।

सरकारले भन्सार दर दोब्बरले बढाएर २० प्रतिशत पुर्‍याएको छ।

सरकारले दुई प्रतिशतको विलासिता कर हटाए पनि  ०.५ प्रतिशत सिप अभिवृद्धि महशुल लगाएको छ। यही कारण पनि सूनको भाउ उच्चले बढेको हो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार तीन सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।