Wednesday, July 29

महिलामाथि हातपात गरेको अभियोगमा रास्वपाका नेता पक्राउ

नेपालअखबार,जाजरकोट । जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन्।

Advertisement

गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ ।

Advertisement
Advertisement

महिलामाथि दुर्व्यवहार भएको उजुरीका आड्ढारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले शाहीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए ।

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।