Tuesday, June 9

अदालतको लेटरप्याड र न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने व्यक्ति पक्राउ

नेपालअखबार, काठमाडौं । अदालतलको लेटरप्याड र आधिकारिक व्यक्तिको हस्ताक्षर कीर्ते गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–७ घर भएका २६ वर्षीय विवश अधिकारी छन् ।

Advertisement

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । गत १५ चैतमा अधिकारीको नाममा मुद्दा खोल्ने तथा पुन: प्रमाणीकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाइएको खुलेको हो ।

मुद्दाको अन्तिम निर्णय भएपछि विवस अधिकारीको बैंकमा एक करोड २३ लाख रमान्तर हुने र २४ चैतमा सेवा शुल्क भुक्तानी सम्बन्धी झुटा लिखत तयार गरी विवश अधिकारीलाई अदालतबाट एक लाख ६ हजार ५०० बुझाउने भन्ने आदेश दिएको भनी अदालतको नक्कली पत्र बनाइएको सीआईबीले बताएको छ ।काठमाडौं जिल्ला अदालतको लेटरप्याडमा न्यायाधीश, श्रेस्तेदार, अधिकृतको समेत दस्तखत कीर्ते उल्लेख गरेको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीले बताएको छ ।