Thursday, July 16

बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द

नेपालअखबार, काठमाडौं ।  बर्ड फ्लू देखिएपछि सदर चिडियाखाना अनिश्चितकालीन रूपमा बन्द भएको छ।

Advertisement

शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरेको हो।

Advertisement
Advertisement

‘सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधरण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आज असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दैछौं,’ सूचनामा भनिएको छ।

Advertisement

कुनकुन जीवजन्तुमा देखिएको हो भन्ने खुलाइएको छैन।

726525848_1476923907806850_8009703381596637541_n-1781859456.jpg