Thursday, July 16

सरकार गरिबका विरूद्ध छ, किसानका विरूद्ध छ- नेकपाका संयोजक प्रचण्ड

नेपालअखबार, काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरू जनहित विपरीत रहेको टिप्पणी गरेका छन्।

Advertisement

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

Advertisement
Advertisement

उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य निर्णयहरू मजदुर किसानका विरूद्ध रहेको टिप्पणी गरे।

Advertisement

उनले सरकारको श्रमिक वर्गविरोधी नीतिविरूद्ध सदन र सडक दुवैतिरबाट आवाज उठाउने तयारी भइरहेको बताए।

उनले सरकारको जनहितविरोधी क्रियाकलापका विरूद्ध सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा केन्द्रित गरेर अघि बढ्ने प्रयास भइरहेको समेत बताए।

उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए।

प्रतिक्रियावादी शक्तिहरूले दलहरूभित्र विभाजन, अन्तरकलह र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट र अरू सबै निर्णयहरूले पनि सरकार नेपालका सबै गरिब, मजदुर, किसानका विरूद्ध छ भन्ने कुरा प्रष्ट देखिएको छ। गरिबका विरूद्ध छ, किसानका विरूद्ध छ, उत्पीडन समुदायका विरूद्ध छ र सरकार उच्च वर्गको हित गर्ने कुरामा केन्द्रित भन्ने कुरा प्रष्टसँग देखिएको छ। त्यसकारण सरकारको यो श्रमिक वर्गविरोधी गरिब मजदुर किसान विरोधी र जनाताका मौलिक अधिकार, ट्रेड युनियन अधिकार लगायत अधिकारका विरूद्ध हामीले सबै मोर्चाबाट आवाज उठाउनुपर्ने छ। विस्तारै हामी सडक र सदनबाट पनि आवज उठाउनको लागि कोसिस अगाडि बढाइराखेका छौँ।’

उनले अगाडि भने, ‘सदनमा सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा केन्द्रित गरेर अगाडि जाने हाम्रो कोसिस छ। सडकमा समेत यी विषयवस्तु लैजान जरूरी छ। विस्तारै जनताले पनि बुझ्दै जाने स्थिति बनिराखेको छ। हामी आत्तिनुपर्ने छैन। अहिले पनि लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि लडेका पार्टीहरूलाई कमजोर बनाउने षड्यन्त्र अहिले पनि बनिरहेको छ। ती पार्टीहरूलाई अझै विभाजित गर्ने, त्यहाँभित्र अन्तरकलह पैदा गर्ने, झमेला र भ्रम पैदा गर्ने षड्यन्त्रमा प्रतिक्रियावादी छन्।’

अध्यक्ष दाहालले जनताले सरकारका गतिविधि बुझ्दै जाने अवस्था सिर्जना भइरहेको आत्तिहाल्नुपर्ने अवस्था नरहेको समेत बताए।