Thursday, July 23

४ हजार २११ पुग्यो रास्वपा महाधिवेशन प्रतिनिधि

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि संख्या ४ हजार २११ पुगेको छ। अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको जानकारी दिँदै उनले आज दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताए ।

Advertisement

महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा दाबी विरोध परेपछि रूजु गरी प्रतिनिधि कार्ड बाँड्न थालिएको छ।

Advertisement
Advertisement

मंगलबार बिहानसम्म प्रतिनिधिको संख्या ४ हजार २११ पुगेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

Advertisement

प्रवास समितिका प्रतिनिधिहरूको पनि विवरण रूजु गर्ने कार्य भइरहेको छ।  त्यसकारण प्रतिनिधिको संख्या अझै बढ्ने देखिएको छ।

रास्वपाको सोमबार नै बन्द सत्र हुने कार्यतालिका थियो।

प्रतिनिधिहरूको संख्या टुंगो नलाग्दा बन्द सत्रको सोमबारको कार्यतालिका स्थगित भएको थियो। मंगलबारबाट बन्द सत्र सुरू हुनेछ।