Thursday, July 23

विष्णु पौडैलको पक्राउ पूर्वाग्रही र प्रतिशोधपूर्ण, प्रतिवाद गर्छौं- शंकर पोखरेल

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले प्रतिशोध र पूर्वाग्रह साँधेर पक्राउ गरेको आरोप लगाएका छन्।

Advertisement

सोमबार प्रहरीले सुर्खेतबाट उपाध्यक्ष पौडैललाई पक्राउ गरेको थियो।

Advertisement
Advertisement

महासचिव पोखरेलले फेसबुकमार्फत वक्तव्य सार्वजनिक गरी पार्टी कार्यक्रममा सुर्खेत रहेको बेला नियोजित रूपमा पक्राउ गरिएको आरोप लगाएका हुन्।

Advertisement

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले फोनमा कुराकानी गरेर काठमाडौं आएपछि सम्पर्कमा आउनू भनेको तर त्यसको केही समयपश्चात सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिएको महाचिव पोखरेलले बताएका छन्।

‘यो घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृष्य शक्तिकेन्द्रले संचालन गरेको देखिन्छ,’ उनले भनेका छन्।

महासचिव पोखरेलले राज्यका निकाय स्वतन्त्र र निष्पक्ष हुनुपर्ने र उसका निर्णयहरू राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने बताएका छन्।

‘अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्दछ, न कि कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग हुनु हुदैन,’ उनले भनेका छन्।

उपाध्यक्ष विष्णु पौडैलको गिरफ्तारी न्यायपूर्ण समाज र निष्पक्ष न्यायको पक्षमा नभएको बताए।

‘जहाँ कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइने छैन र वास्तविक दोषी कानुनी कठघराबाट उम्कने छैन। तर उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरित पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ । सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यसप्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनीतिक रुपमा दृढतापूर्वक प्रतिवाद गरिनेछ,’ उनले भनेका छन्।