Thursday, July 23

सुनको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ।

Advertisement

मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार ६ सय रूपैयाँ घटेको हो।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार प्रतितोला चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार चमर सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।