Wednesday, July 22

करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ

नेपालअखबार,धनकुटा । धनकुटामा करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेबाट करिब ७ सय ७५ किलोग्राम गाँजासहित पाख्रीबास नगरपालिका–१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख ४६३५ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा कुँवरलाई पक्राउ गरिएकाे हाे ।ट्रकको ढालाभित्र प्लास्टिकमा सेतो टेपले प्याक गरेको २५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परीक्षणलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement
Advertisement

Advertisement