Friday, July 24

शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि असाध्यै रोएकी थिएँः ‘दंगल’ की नायिका फातिमा

नेपाल अखबार, एजेन्सि। बलिउड नायिका फातिमा सना शेखले केही फिल्ममा मात्रै काम गरेकी छिन् तर उनले आफ्नो फिल्ममार्फत् मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भने भएकी छिन् । नायिकाले फिल्ममा बाल कलाकारको रुपमा पनि काम गरेकी छिन् । हालै भारतीय समाचार एजेन्सीलाई दिएको एक अन्तरवार्तामा फातिमाले शाहरुख खान विवाहित हुन् भन्ने थाहा पाएपछि उनको मन दुखेको बताएकी छिन् । स्मरण रहोस्, सन् २००१ मा रिलिज भएको फिल्म ‘वन टु का फोर’ मा शाहरुख खानसँग काम गरेकी थिइन् ।
फिल्मफेयरलाई दिएको अन्तरवार्तामा फातिमा सना शेखले फिल्म ‘वन टु का फोर’ को सुटिङबारे कुरा गर्दै भनिन्, ‘शाहरुख खानलाई थाहै थिएन कि पाँच वर्षका यी बच्चा उनीसँग कति प्रेम गर्छिन् । जब मलाई उनी विवाहित हुन् भन्ने थाहा भयो तब मेरो मन असाध्यै टुटेको थियो र म बेस्सरी रोएकी थिएँ । मेरो लागि यो एउटा ब्रेकअपजस्तो थियो ।’
दंगलबाट मुख्य भूमिकामा डेब्यूः
फातिमा सना शेखले मुख्य भूमिकाको रुपमा निर्देशक नितेश तिवारीको फिल्म ‘दंगल’ बाट डेब्यू गरेकी थिइन् । यसअघि उनले ‘चाची ४२०’, ‘वन टु का फोर’ जस्ता फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन् । यसबाहेक उनी निर्देशक विजय कृष्ण आचार्यको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा देखिएकी थिइन् ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *