Monday, April 27

बाजुराको ताप्रिसेरा पक्की पुल बाढीले बगायो

नेपाल अखबार, कैलाली । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ ।
पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।
साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ ।
जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *