Tuesday, July 21

भारतका विपक्षी नेता राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन

नेपालअखबार, नयाँ दिल्ली । भारतका विपक्षी नेता राहुल गान्धी र उनकी बहिनी प्रियंका गान्धीले आफ्नो भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेताहरू तथा कार्यकर्तासँग मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासबाहिर प्रदर्शन गरेका छन्।

Advertisement

मंगलबार कांग्रेस पार्टीले सार्वजनिक गरेका भिडियोहरूमा उक्त प्रदर्शन देखिएको छ।

Advertisement
Advertisement

राहुल गान्धीले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, ‘हामी प्रधानमन्त्री मोदीको निवासमा हिजो युवा विद्यार्थीहरूमाथि भएको क्रूरताबारे उहाँबाट जवाफ माग्न मार्च  गरेका    छौं।’

Advertisement

उनले यो टिप्पणी सोमबार दिल्लीमा युवा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपलाई संकेत गर्दै गरेका हुन्।