Tuesday, July 21

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

नेपालअखबार, काठमाडौं ।  शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्राेच जनता पार्टीले जन्तर-मन्तरमा विरोध प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री निवास अघि धर्ना दिन पुगेका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् ।

Advertisement

कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धर्ना सुरु गरेका थिए । उनीहरूको माग प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो।लोकसभाका प्रतिपक्ष नेता गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको छ।लोक कल्याण मार्गमा रहेको प्रदर्शनस्थलमा तनावपूर्ण अवस्था छ ।

Advertisement
Advertisement

Advertisement