Saturday, August 8

आज बढ्यो सुन-चाँदीको भाउ

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य बढेको छ।

Advertisement

शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।

Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

Advertisement

शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।