Sunday, July 26

लमजुङमा भानुभक्तको शालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

नेपालअखबार, गोरखा । लमजुङमा आदिकवि भानुभक्त आचार्य र घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका-७ का ३४ वर्षीय रोशन कुँवर रहेको प्रहरीले जनाएको छ । गत बुधबार मध्यनेपाल नगरपालिका-४ दुई पिप्ले बगैंचास्थित भानु घाँसी संवाद पार्कभित्र रहेको उक्त शालिकहरु तोडफोड भएको थियो ।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा खटिएको टोलिले कुँवरलाई शुक्रबार पक्राउ गरेको हो । कुँवरविरुद्ध अपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए ।

Advertisement