Tuesday, August 4

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

नेपालअखबार,म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन् ।

Advertisement

रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उनको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए ।

Advertisement

आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उनको भनाइ छ ।