Wednesday, August 5

सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिराहाको लहान नगरपालिका २२ सलोखरीबाट नाईन एमएम पेस्तोल र म्यागेजिन सहित ३ युवा पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित चेकजांचको क्रममा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूलाई पेस्तोल सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार चेकजाँचको क्रममा सोही स्थान बस्ने २० वर्षीय सबरजित दासले लगाएको पाईन्टको दाहिने गोजीबाट उक्त पेस्तोल फेला परेको हो ।घटनास्थलमा दाससंगै रहेका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement