
नेपालअखबार,काठमाडौँ । चक्रे मिलन भनिने मिलन गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन्।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले दुबै जनालाई सफाइ दिएको हो।
यसअघि विशेष अदालतले २०७४ माघ १० गते पनि उनीहरूलाई सफाइ दिएको थियो। सफाइ दिने निर्णयविरूद्ध सरकार पक्ष पुनरावेदन लिएर सर्वोच्च पुगेको थियो।
उनीहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो।
उनीहरूले ७ करोड ८ लाख १७ हजार २६६ रुपैयाँ बिगो कायम गरी कैद सजाय सहित मागदाबी गरेको थियो।




