Friday, August 7

कर्णाली विकास बैंकका पूर्वसिइओ सहित ३ जना पक्राउ

नेपालअखबार,दाङ। बाँके प्रहरीले समस्याग्रस्त कर्णाली विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सहित तीन जनालाई पक्राउ गरेको छ।

Advertisement

नेपालगञ्ज उपमहानगरपालि-१२ का ४२ वर्षीय निरज विक्रम शाह, ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया शुभेच्छा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले बताए।

Advertisement
Advertisement

पक्राउ परेकामध्ये शाह तत्कालीन कर्णाली विकास बैंकका कार्यकारी अधिकृत हुन्।

Advertisement

यो बैंक समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकुशल कुशबहाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि तीनै जनालाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा पेस गरिएको प्रहरीले जनाएको छ।